समाज

सहकारीका सदस्यलाई माक्स वितरण

गाउँपालिकालाई ७०० थान माक्स प्रदान

[mashshare]

जुमान सिंह के.सी.
प्यूठान (ठूलाबेशी) , १७ चैत्र ।

बिश्वभरि महमारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)बाट वाच्न÷बचाउन विभिन्न कार्यक्रमहरु संचालन भैरहेका छन् । यस्तै प्यूठानको एक सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई माक्स वितरण गरेको छ ।

एकीकृत बचत तथा ऋण सहकारी संस्था लि. गौमुखी गाँउपालिका–५ ठुलाबेसिले आफ्ना सदस्यहरुलाई मास्स वितरण गरेको हो । ४०० सदस्यलाई वितरण गरिएको सहकारी सचिव अर्जुन के.सी.ले जानकारी दिनुभयो ।

सहकारी संस्था नाफा कमाउने मात्र नभई सदस्य र समुदाय प्रति पनि उत्तरदायी रहेको सहकारी अध्यक्ष केशव के.सी.ले बताउनुभयो ।

यस्तै सहकारीले पालिका बाहिरबाट आउने र विपन्न परिवारका लागि वितरण गर्न गाउँपालिकालाई ७०० थान माक्स प्रदान गरेको छ । माक्स ग्रहण गर्दै गाउँपालिका अध्यक्ष विष्णु कुमार गिरीले महाविपत्तिको यस समयमा सबैको सहकार्य र सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close