प्यूठान, ३० भाद्र । प्यूठानको भिगृमा मोटरसाइकलको ठक्करबाट एक वालक घाइते भएका छन् ।
मंगलवार स्वर्गद्वारी नगरपालिका -४ भिगृमा बा ९२ प ७३७० नम्बरको मोटरसाइकलले बाटो क्रस गर्न लागेका अन्दाजी २ वर्षीय बालक आयन अन्सरीलाई ठक्कर दिदा गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
टाउकोमा चोट लागि गम्भीर घाइते भएका बालकलाई प्राथमिक स्वास्थ्य केन्द्र भिगृमा प्राथमिक उपचार पछि बुटवल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक पोषण ढकालले जानकारी दिनुभयो ।
मोटरसाइकल चालक र मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।