प्युठान ।प्युठान प्रदेश निर्वाचन क्षेत्र नम्बर १ र २ म अहिले एमालेले अग्रता बनाएको छ ।
सरुमारानी गाउँपालिकाको १ र २ र ३ वडा गणना हुँदा नेकपा एमालेका तुल्सिराम शर्माले २२२८ मत र गठबन्धनको तर्फबाट माओवादीका उम्मेदवार कृष्ण अधिकारीले १९६९ मत पाउनु भएको छ ।
त्यसैगरी, प्रदेश निर्वाचन क्षेत्र नम्बर २ मा पनि एमालेले अग्रता कायमै राखेको छ ।
एमालेका उम्मेदवार हरि रिजालले १९८५ मत र गठबन्धनबाट नेपाली काङ्ग्रेसका रोज राणाले १७६५ मत पाउनु भएको छ ।
नौबहिनिको १,२, र ३ वडाको मत गणना सकिएको छ ।
