> राष्ट्रिय > ऐतिहासिक डल्ले सराए मेला(फोटो फिचर)


ऐतिहासिक डल्ले सराए मेला(फोटो फिचर)

प्यूठान । ऐतिहासिक डल्ले सराए मेला आज पुण्यखोला(डल्ले)मा सम्पन्न भएको छ । हरेक वर्ष तिहारको भोलिपल्ट लाग्ने मेला यस पटक भने २ वर्ष पछि लागेको हो । कोभिड-१९ का कारण २ वर्ष मेला हुन सकेको थिएन ।

मेलाको व्यवस्थापन प्यूठान नगरपालिका र ७ नम्वर वडा कार्यालयले गरेको थियो । किम्वदन्ती अनुसार भुरे टाकुरे राज्य सञ्चालनका बेला एक जना राक्षसलाई जनताले लखेटेर मारेको सम्झनामा खुशीयाली सहित त्यस ठाउँमा वर्षेनी भाइटिकाको भोलिपल्ट सराएँ मेला लाग्ने गर्दछ ।

सराएँ नाँचमा प्रथमलाई १ लाख पुरस्कार
आज भएको सराए नाँच प्रतियोगितामा प्रथमलाई एक लाख रुपियाँ पुरस्कार प्रदान गरिएको छ । प्यूठान नगरपालिका-४ को कार्कीडाँडा समुहले उक्त पुरस्कार प्राप्त गरेको हो ।
त्यसैगरि दोस्रो प्यूठान नगरपालिका-३ सापडाँडाले ७५ हजार रुपियाँ पुरस्कार पाएको छ भने तेस्रो प्यूठान नगरपालिका-७ पुण्यखोलाले ५० हजार रुपियाँ पुरस्कार पाएको छ । अन्य ५ वटा सहभागी समुहलाई २० हजार रुपियाँका दरले पुरस्कार दिइएको छ ।

 

निःशुल्क मास्क, स्यानेटरी, रक्तदान र सुगर जाँच
लायन्स क्लव अफ प्यूठानको आयोजनामा मेलामा पुगेका दर्शकलाई निःशुल्क मास्क वितरण गरिएको छ । महिलाहरुलाई निःशुल्क स्यानेटरी प्याड वितरण गरिएको छ ।
त्यसैगरी रक्तदान कार्यक्रम समेत गरिएको छ । त्यसैगरी सुगर जाँच तथा ब्लड ग्रुप परिक्षण समेत निःशुल्क गरिएको छ ।
प्यूठान नगरपालिका, स्वास्थ्य कार्यालय प्यूठान, नेपाल रेडक्रस सोसाइटी प्यूठान जिल्ला शाखा र ओम हेल्थ डाइग्नोष्टिक सेन्टर विजुवार प्यूठानसँगको सहकार्यमा कार्यक्रम गरिएको लायन्स क्लव अफ प्यूठानका सचिव नविन श्रेष्ठले जानकारी दिनुभयो ।

 

मेलामा गठबन्धनका उम्मेदवार
डल्ले मेलामा पुगेर गठबन्धनका उम्मेदवारले मतदातासँग मत मागेका छन् । प्रतिनिधिसभा सदस्यका उम्मेदवार दुर्गा पौडेल, प्रदेशसभा सदस्यका उम्मेदवार कृष्ण अधिकारी र सरोज थापाले मतदातासँग मत मागेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *