राजनीतिसमाज

पूर्वसांसद नवराज सुवेदीको नेतृत्वमा गठन भएको पार्टीमा प्यूठानका को–को ?

प्यूठान । प्यूठानका पूर्वसांसद तथा पूर्वराजदुत नवराज सुवेदीको नेतृत्वका जनयुग पार्टी गठन भएको छ । जनयुग पार्टीको प्रथम भेलाले सुवेदीको संयोजकत्वमा ३२ सदस्यीय समिति गठन गरेको छ ।

 

राष्ट्रिय जनमोर्चाबाट निर्वाचित पूर्व सांसद सुवेदी बाबुराम भट्ट र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी सरकारमा हुँदा साउदी अरबको लागि नेपाली राजदुत समेत नियुक्त हुनुभएको थियो । उहाँको नेतृत्वमा गठन भएको पार्टीको सचिवमा प्यूठानबाट प्रतिनिधित्व गर्नेहरुको संख्या समेत उल्लेख्य छ ।

 

संयोजक सुवेदी (प्यूठान नगरपालिका–४), सचिव विमल पोख्रेल (झिमरुक गाउँपालिका–१) र सदस्यहरु कुलचन्द्र पोखरेल (झिमरुक गाउँपालिका–५), बरुणध्वज मल्ल (गौमुखी गाउँपालिका–५), दीपक रोका (भिमरुक गाउँपालिका–८ ) र नवीन केसी (झिमरुक गाउँपालिका–३) रहनुभएको छ ।

 

विमल पोख्रेल पूर्व अखिल (छैठौं)का केन्द्रीय अध्यक्ष हुनुहुन्छ । हाल वकालक गर्नुहुन्छ । अखिल नेपाल युवक संघका नेता रहनुभएका बरुणध्वज मल्ल गौमुखी गाउँपालिका ५ नं. वडाको निर्वाचन वडा अध्यक्ष हुनुहुन्छ । नवीन केसी अखिल (छैठौं)का पूर्व जिल्ला अध्यक्ष तथा युवा विद्यार्थी नेता हुनुहुन्छ । कुलचन्द्र पोख्रेल संयोजक सुवेदीसँगै नयाँ शक्तिमा आवद्ध हुनुहुन्थ्यो भने दीपक रोका राष्ट्रिय जनमोर्चा पृष्ठभुमिका हुनुहुन्छ ।

 

त्यस्तै अन्य सदस्यहरुमा डा. लछी सिंह (कञ्चनपुर), ठाकुर पोखरेल (काठमाडौं), गणेश लोहार (बैतडी), डा. अमृत भुसाल (अर्घाखाँची), आह्वान श्रेष्ठ (भक्तपुर), कृष्ण अर्याल (गुल्मी), रामचन्द्र पोखरेल (काठमाडौं), उपेन्द्र अधिकारी (दोलखा), पुरुषोत्तम गजुरेल (नुवाकोट), रीता पोखरेल (मोरङ), विमला कार्की (धनकुटा), रविन्द्र सिंह (ललितपुर), उत्तम शर्मा (बाग्लुङ), सुभद्रा क्षेत्री रावत (सिन्धुली), कृष्णप्रसाद भुसाल (अर्घाखाँची), सुनिता कुँवर (धादिङ), सिर्जना सुवेदी (जुम्ला), सचन विश्वकर्मा (सिन्धुली), इन्द्र कँडेल (कैलाली), जीवराज बस्नेत (दाङ), राजु पौडेल (रुपन्देही), सुमन आचार्य (चितवन), नवीन पाण्डे (सुनसरी), गणेश थापा (रुपन्देही), सरोजमान सिंह (बाग्लुङ) र शान्ता पोखरेल (रुपन्देही) रहनुभएको छ ।

 

भेलाले जनताको अधिकार, समानता र सामाजिक न्यायका लागि निरन्तर जनसंघर्ष अगाडि बढाउने प्रतिबद्धता जनाएको केन्द्रीय सदस्य नवीन केसीले बताउनुभयो । भेलाले देशभरका सामाजिक, आर्थिक र सांस्कृतिक अधिकारका सवालमा आवाज उठाइरहेका समुहहरूसँग एकता र सहकार्य गर्ने नीति पनि तय गरेको छ ।

Related Articles

Back to top button