> राष्ट्रिय > युवा हित मञ्चको कोरोना विरुद्ध सचेतनामुलक अभियान प्यूठान न.पा ४ मा


युवा हित मञ्चको कोरोना विरुद्ध सचेतनामुलक अभियान प्यूठान न.पा ४ मा

प्यूठान, २५ भाद्र । युवा हित मञ्चले सञ्चालन गरेको कोरोना विरुद्ध सचेतनामुलक कार्यक्रमसँगै माक्स वितरण कार्यक्रम अन्तर्गत आज विहिवार प्यूठान नगरपालिका वडा नं. ४ का ग्रामिण क्षेत्रमा सम्पन्न गरिएको छ ।

विहिवार प्यूठान नगरपालिका ४ वडा कार्यालयको समन्वयमा सोहि वडाका खमाल्दी र हल्दीगाउमा कोरोना विरुद्ध सचेतनामुलक कार्यक्रमसंगै माक्स वितरण गरिएको युवा हित मञ्च प्यूठानका अध्यक्ष मुक्ति पोख्रेलले जानकारी दिनुभयो । ग्रामिण क्षेत्रलाई केन्द्रित गरेर प्यूठान नगरपालिकाको ४ नं वडा खमाल्दी र हल्दीगाउमा ५०० पिस माक्स वितरण गरेको उहाँको भनाई छ ।

हालसम्म संस्थाले प्यूठान नगरपालिकाका वडा नं. १, २, ३, ४ र ८ का विभिन्न स्थानमा कोरोनाविरुद्ध सचेतनामुलक कार्यक्रमसंगै माक्स वितरण गरिसकेको छ ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टि (नेकपा) का जिल्ला सदस्य बलदेब के सि (शिशिर), प्युठान न.पा ४ का वडा प्रतिनिधि तथा कार्यपालिका सदस्य खुम बहादुर परियार, युवा हित मञ्चका सदस्य तथा पत्रकार महासंघका जिल्ला सहसचीव राधिका भुसाल, माण्डवी ग्रामीण विकास संस्था जस्पुर प्युठानका अध्यक्ष लव कुमार अधिकारी, सामाजिक अभियन्ता बिरबल के.सी, युबा हित मञ्चका सहसचिव दिनेश कार्कि लगायतको सहभागिता रहेको थियो ।

साथै कोरोनाको जोखिम बढ्दै गएकाले नेपाल सरकारको दिएको स्वास्थ्य मापदण्डको पालना गर्नसमेत आग्रह गरिएको अध्यक्ष पोख्रेलले जानकारी दिनुभयो ।