> समाज > प्यूठानमा पछिल्लो समय आत्महत्याका घटना बढ्दै


प्यूठानमा पछिल्लो समय आत्महत्याका घटना बढ्दै

प्यूठान, २५ भाद्र । प्यूठानमा पछिल्लो समय आत्महत्याका घटना बढेका छन् ।

प्यूठानमा साउन र भाद्र महिनामा मात्र २० जनाले आत्महत्या गरेका छन् । जसमा १७ झुन्डिएर, २ जना विष सेवन गरेर र १ नदीमा हाम हालेर आत्महत्या गरेको प्रहरीको तथ्यांक छ ।

मानिसहरुमा महत्वाकांक्षा बढ्नु, कोरोनाका कारण आयस्रोतमा कमि आउनु, घरायसी झैझगडा लगायतका कारणले प्यूठानका आत्महत्याका घटना बढेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक पोषण ढकालले जानकारी दिनुभयो ।

यस्ता घटना रोक्न आत्महत्या रोकथामका उपायबारे विभिन्न माध्यमबाट जनतालाई सचेतना गराइरहेको प्यूठान प्रहरीले जनाएको छ ।

यस्तै आर्थिक वर्ष ०७६/०७७ मा झुन्डिएर ५१ जना, ११ जनाले विष सेवन गरेर र १ जनाले नदीमा हाम फालेर गरी ६३ जनाले आत्महत्या गरेको प्रहरी तथ्याङ्क छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *