> समाज > कोरोना राेकथामबारे प्यूठानमा छलफल : स्रोत पहिचानबाट मात्रै संक्रमण न्यूनिकरण हुन सक्ने


कोरोना राेकथामबारे प्यूठानमा छलफल : स्रोत पहिचानबाट मात्रै संक्रमण न्यूनिकरण हुन सक्ने

प्यूठान, २३ भाद्र । जिल्लाका स्थानीय तह अन्तरगत स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्य शाखा प्रमुखलाई कोभिड १९ संक्रमण रोकथाम, उपचार तथा व्यवस्थापन विषयक एक दिने अभिमूखिकरण गरिएको छ ।

मंगलबार कोभिड १९ खोजपड्ताल तथा सम्पर्क पहिचान प्रक्रिया बारे जानकारी, खोजपड्तालमा आवश्यक पर्ने विभिन्न फारमहरुको प्रयोग लगायत विषयमा जानकारी गराउने उदेश्यले अभिमूकिकरण गरिएको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले बताउनुभयो ।

अभिमूखिरकणको उद्घाटन कार्यक्रममा वोल्दै प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जिल्लामा समस्या धेरै नदेखिए पनि संक्रमणवाट सचेत रहन आवश्यक रहेको बताउनुभयो । कोभिड १९ संकट व्यवस्थापन समितिका संयोजक एवं प्रजिअ भुसालले जिल्लामा संक्रमण फैलन नदिन स्थानीय तह तथा स्वास्थ्य शाखाको महत्वपूर्ण भूमिका रहने औल्याउनुभयो ।

चाडवाड भित्रने समय भएकाले विभिन्न मुलुकवाट समेत जिल्ला भित्रने सम्भावना वढेकोले अनिवार्य क्वारेन्टाईनको व्यवस्था लागु गर्न उहाँको सुझाव थियो ।

कार्यक्रममा विश्व स्वास्थ्य संगठन अन्तरगत प्रदेश नम्वर ५ का प्रतिनिधि हरी भुसालले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै संक्रमणको स्रोत पहिचानबाट मात्रै संक्रमण न्यूनिकरण हुन सक्ने बताउनुभयो ।

कार्यक्रममा विश्व स्वास्थ्य संगठन प्रदेश नम्वर ५ का प्रतिनिधि हरि भुसाल, डाक्टर मोना अधिकारी, सुआहारा कार्यक्रम प्रदेश ५ का स्रोत व्यक्ति डाक्टर समिप थपलिया, स्वास्थ्य निर्देशनालय प्रदेश नम्वर ५ का प्रतिनिधि नेत्र अर्याल लगायतले सहजिकरण गरेका थिए ।

कोभिड १९ को परिचय, रोकथाम, नियन्त्रण र व्यवस्थापनमा भएका क्रियाकलाप, संक्रमित खोजपड्ताल तथा सम्पर्क पहिचान टिमको जिम्मेवारी, महामारिको अवस्थामा पोषणको महत्व लगायत विषयमा जानकारी तथा छलफल गरिएको थियो ।

जिल्ला स्वास्थ्य कार्यलय प्यूठानको आयोजना तथा सुआहारा दोस्रो चरण कार्यक्रमको सहयोगमा कार्यक्रम गरिएको हो । संक्रमण न्यूनिकरणका लागि नगर तथा गाउँपालिका स्तरमा गठित संक्रमण रोकथाम, उपचार तथा व्यवस्थापन टीमलाई समेत अभिमूखिकरण गर्ने सुआहारा कार्यक्रमका कार्यक्रम संयोजक भरत प्रसाद भट्टले बताउनुभयो ।

कार्यक्रमका् संचालन स्वास्थ्य कार्यालय प्यूठानका कोभिड १९ सम्वद्ध व्यक्ति पुष्कल प्रसाद श्रेष्ठले गर्नुभएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *