> समाज > यातायात मजदुरलाई खाधान्न सहयोग


यातायात मजदुरलाई खाधान्न सहयोग

शरद रेग्मी
दागं, जेष्ठ २३ । लकडाउनका कारण आजित त्रिसिद्देश्वरि राप्ति यातायात सेवा प्रालिका मजदुरहरुलाई कंम्पनिले शुक्रबार खाधान्न बितरण गरेको छ ।

प्रालिका अध्यक्ष सुरेश हमालको पहलमा आफ्ना करिब चारसय यातायात मजदुरहरुलाई पच्चिस केजि चामल,दाल,तेल र नुन सहयोग गरेको हो । पहिलो चरणमा कर्मचारि युनियन,मजदुर सघं सगठन सहितको रोहबरमा प्रधान कार्यालय तुलसिपुर,शाखा कार्यालय घोराहि,लमहि र भालुबागमा समितिका मजदुरहरुलाई खाधान्न सामीग्रि बितरण गरिएको थियो ।

सो अबसरमा प्रालिका अध्यक्ष हमालले लोमो समयको लकडाउनको मार खेपिरहेका आफ्ना यातायात मजदुरहरुलाई कम्पनिले पहिलो चरणमा खाधान्न सहयोग गरेको जानकारि दिनुभयो । साथै अध्यक्ष हमालले साझ बिहान खाधान्नको अभाब भएका जो कोहि मजदुरलाई
समेत सहयोग गर्न आफुहरु तयार रहेको बताउनुभयो ।

एकैसाथ चार स्थानमा भएको राहत बितरण कार्यक्रममा ब्यबसायिका पदाधिकारिहरु पुस्कर धिताल, प्रकाश भट्ट,श्रीधर बुढाथोकि,भिमसेन लहरे,तेजमणि आचार्य,दिबाकर न्यौपान्,पदम वलि लगायतको सहभागिता रहेको थियो ।

त्यस्तै घोराहि लमहि र भालुवागमा भरतनाथ योगि,भरतराज श्रेष्ठ,मानबहाहुर डागि,प्रेम रावत,ऋषि रावत, तेजप्रसाद अधिकारि,नारायण न्यौपाने, कर्मचारि युनियनका कार्यबाहक अध्यक्ष दिनेश जगंशाह,सचिब राजेश पुन, मजदुर नेता एव ब्यबसायि केशब भण्डारि लगायतको सहयोगमा मजदुरहरुलाई खाधान्न सहयोग गरिएको थियो ।

त्रिसिद्देश्वरि राप्ति यातायात सेवा प्रालिमा हाल सत्रसय मजदुरहरु कार्यरत रहेका छन भने दुईसय पचास कर्मचारिहरु रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *