समाज

लागू औषधका रुपमा दुरुप्रयोग हुने औषधि खरिद बिक्री गर्ने तीन जना पक्राउ

प्यूठान । डाक्टरको सिफारिस (प्रेस्क्रिप्सन) बिना औषधि खरिद बिक्री गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । लागू औषधका रुपमा प्रयोग हुने “प्रिग्रा ७५” नामको औषधि खरिद बिक्री गर्नेलाई पक्राउ गरेको हो ।

 

औषधि खरिद गर्ने झिमरुक गाउँपालिका-७ छातिपाटाका २१ वर्षीय समिर केसी र झिमरुक गाउँपालिका-७ सिमलचौरका २३ वर्षीय अर्बिन जिसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिनुभयो । उनीहरुलाई प्रहरीको `सर्च एण्ड स्विप अपरेसन´ अन्तर्गत प्यूठान नगरपालिका-८ गेजवाङबाट पक्राउ परेको उहाँले बताउनुभयो । लागु औषध नियन्त्रण सम्बन्धि प्रहरीले यस्तो अनुसन्धान थालेको जनाएको छ ।

 

यस्तै प्रहरीले डाक्टरको प्रेस्क्रिप्सन विना औषधि बेचबिखन गर्ने माण्डवी गाउँपालिका-२ ढाड घर भई हाल माण्डवी गाउँपालिका-३ जस्पुर बस्ने २६ वर्षीय सुमन पुनलाई पनि नियन्त्रणमा लिएको छ ।

 

यो औषधिलाई लागू पदार्थ दुर्ब्यसनकर्ताले दुरुपयोग गर्ने गरेको प्यूठान प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीले बताउनुभयो ।

 

थप अनुसन्धान कार्य अघि बढाइएको प्रहरीले जनाएको छ ।

Related Articles

Back to top button