> आर्थिक/बिकास > एक सय बढी सालको अवैध चिरान बरामद


एक सय बढी सालको अवैध चिरान बरामद

दाङ, ४ जेठ । डिभिजन वन कार्यालय दाङले अवैध ढंगले काटिएको सालको एक सय क्यू फिट भन्दा बढी चिरान काठ बरामद गरेको छ ।

घोराही उपमहानगरपालिका वडा नं. १८ हात्तीखर्कका स्थानीय घर र आगनमा चिरान गरी राखेको अवस्थामा आज आइतबार दिउँसो ९१ थान सालको काठ बरामद गरेको सहायक वन अधिकृत भक्तबहादुर चौधरीले जानकारी दिनुभयो ।

लकडाउनको समयमा घर नजिकैको जंगलमा सामुदायिक वनमा अवैध ढंगले काठ काटेर राखेको भन्ने सुराकीका आधारमा डिभिजन वन कार्यालय दाङबाट गएको गस्ति टोलीले बरामद गरेको हो । भौगोलिक दृष्टीले घोराही उपमहानगरपालिकाको बिकट क्षेत्रका रुपमा लिइने हात्तीखर्कमा बरामद गरिएको काठलाई डिभिजन वन कार्यालय दाङमा ल्याउने काम भइरहेको डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर के.सी.ले जानकारी दिनुभयो ।

‟काठ कटानका लागि कार्यालयबाट कुनै अनुमति लिएको छैन र काटिएका काठमा पनि कसैको टाँचा निशाना छैन,” घटनास्थलमा रहेका सहायक वन अधिकृत चौधरीले भन्नुभयो, ‟लकडाउनको मौका छोपि बिक्रि गर्ने उद्देश्यले काटिएको हुन सक्छ ।” गस्ति टोली आउदै गरेको सूचना पाएपछि घरधनी भागेको कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!