> समाज > निजामती सेवा दिवसको अवसरमा व्याड्मीन्टन प्रतियोगिता


निजामती सेवा दिवसको अवसरमा व्याड्मीन्टन प्रतियोगिता

प्यूठान, २२ भाद्र । निजामती सेवा दिवसको अवसरमा सरुमारानी गाउँपालिकामा अन्तर कर्मचारी व्याड्मीन्टन प्रतियोगिता सम्पन्न भएको छ ।

सोमवार स्वच्छ र सक्षम प्रशासन समृद्धि र शुसासन भन्ने नारा सहित १७ औँ निजमती सेवा दिवस गाउँपालिकाले विभिन्न कार्यक्रम गरि मनाएको छ ।


दिवसको अवसरमा गाउँपालिका स्तरिय अन्तर कर्मचारी व्याड्मिन्टन प्रतियोगिता सञ्चालन गरिएको गाँउपालिका प्रमुख प्रशासकिय अधिकृत अमर घर्तिले जानकारी दिनुभयो । ५ जना महिला टिम र ५ पुरुष टिमको सहभागिता रहेको उक्त प्रतियोगितामा महिलातर्फ प्रथम दिक्षा देवकोटा र विमला जि. सीको टिम र दोस्रो साधना सिंह र आयुषा बस्नेत टिम भएका छन् भने पुरुषतर्फ प्रथम टोप बहादुर शाहि र हेमन्त जि सीको टिम र दोस्रो अमर बहादुर घर्ति र रवि रानाको टिम भएका छन् । विजेता टिमलाई ज्याकेट, पेन डायरी लगायतका पुरस्कार वितरण गरिएको गाउँपालिकाले जनाएको छ । साथै गाउँपालिका कार्यालय परिसरमा सरसफाईसमेत गरिएको प्रमुख प्रशासकिय अधिकृत घर्तिले बताउनुभयो ।


गाउँपालिका अध्यक्ष झग बहादुर विश्वकमाको प्रमुख आतिथ्यता, उपाध्यक्ष मिना कुमारी सोमैको विशेष आथिथ्यता र प्रमुख प्रशासकिय अधिकृत अमर बहादुर घर्तिको अध्यक्षतामा उक्त कार्यक्रम गरिएको गाउँपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *