प्यूठान- नेपालमा थप ७२ जना कोरोना संक्रमित भेटिएको पुष्टि भएको छ ।
सोमवार विहान ७२ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो । मन्त्रालयका अनुसार नयाँ संक्रमितहरु धनुषा, कपिलवस्तु, काठमाडौँ, बारा, रौतहट, सप्तरी, बर्दिया, बाँके र दैलेखका रहेका छन् ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ६७५ पुगेको छ जसमध्ये १०५ जना कोरोना निको भएर घर फर्किसकेका छन् । यस्तै ३ जनाको कोरोना कै कारण मृत्यु भइसकेको छ ।
