> समाज > एकराजको परिवारलाई घर बनाउन सहयोग जुट्दै


एकराजको परिवारलाई घर बनाउन सहयोग जुट्दै

प्यूठान, १९ भाद्र । माण्डवी गाउँपालिका–३ नयाँगाउँका घरवार विहीन एकराज अधिकारीको परिवारलाई घर निर्माणको लागि सहयोग जुट्न थालेको छ ।

घर निर्माणको लागि माण्डवी गाउँपालिका सहित जिल्लाका विभिन्न व्यक्ति तथा संघ संस्थाले सहयोगको प्रतिवद्धता जनाउन थालेका छन् ।
आफ्नो घर नहुँदा भाइले बस्न दिएको साँघुरो ठाउँमा तीन जना सन्तान सहित एकराज र उहाँको श्रीमती रेशमा अधिकारी बस्दै अउनुभएको छ । दुवै जना श्रीमान श्रीमती अपांग भएकाले बोल्न सक्नुहुन्न ।

घर बनाउन सहयोगका लागि अपिल गरेपछि नगद तथा जिन्सी सामाग्रीको लागि प्रतिवद्धता आउन थालेको घर निर्माण अभियानको नेतृत्व गर्नुभएका हरि बस्नेतले बताउनुभयो । घर निर्माणका लागि आवश्यक पर्ने निर्माण सामाग्री, नगद सहयोग प्राप्त हुन थालेको भन्दै उहाँले घर निर्माण गर्ने अभियान पुरा हुने विश्वास व्यक्त गर्नुभयो । सवैको सहयोगबाट घर निर्माण सम्भव हुने र उनीहरुलाई आयआर्जनको बाटोमा जोडिदिनुपर्ने बस्नेतको भनाई छ ।

जिल्लाका विभिन्न सञ्चार माध्यमले एकराज अधिकारीको बारेमा समाचार प्रवाह गरेसँगै परिवारमा रहेका बालबालिकालाई शैक्षिक सामाग्री लगायत पनि सहयोग जुट्न थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *