> समाज > प्यूठानबाट १४ करोड मुल्य बराबरको पशुपन्छी र अण्डा निर्यात


प्यूठानबाट १४ करोड मुल्य बराबरको पशुपन्छी र अण्डा निर्यात

प्यूठान, ४ वैशाख । प्यूठानमा ३ करोड १९ लाख २० हजार मुल्य बराबरको चल्ला, दुध र माछा आयात भएको छ । चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा २ करोड ६८ लाख ८० हजार मुल्य बराबरको चल्ला आयात भएको छ ।

त्यसैगरि १४ लाख ४० हजार मुल्य बरबाबरको दुध र ३६ लाख मुल्य बराबरको माछा आयात भएको एकीकृकत कृषि तथा पशुपन्छी कार्यालय प्यूठानको तथ्यांक छ ।

 

कार्यालयका अनुसार प्यूठानबाट १४ करोड १३ लाख ४५ हजार मुल्य बराबरको राँगा, खसीबोका, ब्रोइलर कुखुरा र अण्डा निर्यात भएको छ । ३ करोड ४५ लाख ६० हजार मुल्य बराबरको राँगा, ४ करोड ४६ लाख २५ हजार मुल्य बराबरको खसीबोका, १ करोड ६८ लाख ९६ हजार मुल्य बराबारको ब्रोइलर कुखुरा, ४ करोड ३२ लाख बराबरको अण्डा निर्यात भएको एकीकृत कृषि तथा पशुपन्छी कार्यालय प्यूठानको तथ्यांक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *