प्यूठान, ३ साउन । प्यूठानमा सार्वजनिक स्थानमा मास्क नलगाइ हिड्ने ३२१ जना कारवाहीमा परेका छ्न् ।
असार २२ गतेदेखि हालसम्म प्यूठान प्रहरीले सार्वजनिक स्थानमा माक्स नलगाई हिड्ने ३२१ जनालाइ कारवाहि गरेको हो ।
विश्वभर फैलिएको कोरोना भाइरसवाट बच्नका सतर्कता अपनाउँदै गृह मन्त्रालयले जारी गरेको निर्देशन अनुसार सार्वजनिक ठाउँमा मास्क नलगाउँने ३२१ जना व्यक्तिलाइ कारवाहिलाइ गरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानमा प्रहरी निरिक्षक विष्णु पौडेल जानकारी दिनुभयो । कारबाहीमा पर्नेहरुमा १८५ पुरुष तथा १३६ महिला रहेका छन् ।
कोरोना महामारीबाट बच्न कुनै पनि सार्वजनिक ठाउँमा जाँदा अनिवार्य मास्क लगाउँन आग्रह गरेर छोडेको प्रहरी निरीक्षक पौडेलले वताउनुभयो ।
