> समाज > प्युठानको अग्रणी संस्था मल्लरानीमा यो वर्ष अहिलेसम्मकै धेरै बजेट


प्युठानको अग्रणी संस्था मल्लरानीमा यो वर्ष अहिलेसम्मकै धेरै बजेट

प्युठान । जिल्लाकै अग्रणी गैर सरकारी संस्थाको रुपमा परिचित मल्लरानी ग्रामीण विकास सरोकार केन्द्रले यस चालु आर्थिक वर्षमा अहिलेसम्मकै सवैभन्दा बढी बजेटको कार्यक्रम कार्यान्वयन गर्न लागेको छ । विभिन्न सहयोगी निकाय तथा साझेदार संस्थासँगको सहकार्यमा केन्द्रले चालु आर्थिक वर्षमा ६ करोड २ लाख ७० हजार ४०२ रुपियाँ बराबरको बजेट कार्यान्वयन गर्न लागेको हो ।

 

४२औं वार्षिक साधारणसभामा संस्थाका कार्यकारी प्रमुख विजय कुमार श्रेष्ठले संस्थाको यो वर्षको बजेट अहिलेसम्मकै धेरै बजेट भएको बताउनुभयो । उहाँले बजेटको समयमै कार्यान्वयन गर्न संस्थाका कार्यकारिणी समिति, संस्थका सदस्य र कर्मचारीको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । उहाँले संस्थाले गरिरहेका गतिविधिलाई प्रभावकारी बनाउन आवश्यक सल्लाह सुझाव दिन समेत आग्रह गर्नुभयो ।

 

 

संस्थाले आर्थिक वर्ष २०७९/०८० मा ३ करोड ६१ लाख ४३ हजार २५६ रुपियाँको बजेट कार्यान्वयन गरेको कोषाध्यक्ष पुनम श्रेष्ठले बताउनुभयो ।

 

संस्थाका सचिव निर्जला कर्माचार्यले संस्थाले हाल एचआईभी रोकथाम कार्यक्रम, झोलुंगे पुल क्षेत्रगत कार्यक्रम, किशोरकिशोरी प्रजनन स्वास्थ्य कार्यक्रम र कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशिलता विकास कार्यक्रम सञ्चालन गरेको जानकारी दिनुभयो ।

 

कार्यक्रममा संस्थाका अध्यक्ष बसन्तलाल शाक्यले लामो उतारचढाव पार गर्दै संस्था अहिले अगाडी बढेको बताउनुभयो । उहाँले संस्थाको विकासका लागि कार्यसमिति, सदस्य र कर्मचारीको भूमिका अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य धनलक्ष्मी श्रेष्ठ, बिशेष अतिथि मल्लरानी गाउँपालिका उपाध्यक्ष रमेशकुमार श्रेष्ठ, जपाईको संस्थाका गुणस्तर अनुगमन अधिकृत सुर्य पौडेल, संस्थाका अनुगमन समितिका संयोजक टि.एस. गुरुङले शुभकामना मन्तव्य राख्नुभएको थियो । स्वागत उपाध्यक्ष डोर प्रसाद पोख्रेल र संचालन कार्यकारी प्रमुख बिजय कुमार श्रेष्ठले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *