> राष्ट्रिय > प्यूठानमा कतिले पाए खोप ?


प्यूठानमा कतिले पाए खोप ?

प्यूठान, १३ साउन । साउन १४ र १५ गते कोभिड-१९ विरुद्धको नयाँ खोप जोन्सन एण्ड जोन्सन लगाईदैछ ।

 

जिल्लामा उक्त खोप ११ हजार ९ सय डोज प्राप्त भएको छ । एक पटक मात्र लगाउने उक्त खोप जिल्लाका सवै पालिकामा पठाइसकिएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।

 

जिल्लाका प्रत्येक वडाको स्वास्थ्य संख्याबाट उक्त खोप लगाउने व्यवस्था गरिएको छ । ५० देखी ५४ वर्ष उमेर समुहका व्यक्ति, बैदेशिक रोजगारमा जाने व्यक्ति, अपांगता भएका क र ख वर्गका व्यक्ति र यस अघि खोप लगाउन छुटेका छुटेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई जोन्सन एण्ड जोन्सनको खोप लगाउने कार्यक्रम रहेको छ ।

 

प्यूठानमा कति डोज खोप आयो ?
जिल्लामा कोभिडशिल्ड १९ हजार ६ सय ९० डोज प्राप्त भएको कोल्डचेन अधिकृत कौशलराज वैद्यले जानकारी दिनुभयो । उहाँका अनुसार भेरोसिल २० हजार ९ सय ३७ डोज प्राप्त भएको हो ।

 

कतिले खोप लगाए ?
कोभिडशिल्डको पहिलो मात्रा खोप लगाएको संख्या १४ हजार ३ सय १७ जना रहेको छ । त्यसैगरि दोस्रो मात्रा खोप लगाएको संख्या ५ हजार २ सय ९९ जना रहेको वैद्यले जानकारी दिनुभयो ।

भेरोसिलको पहिलो मात्रा खोप १७ हजार ६ सय ३९ जनाले लगाएका छन । भेरोसिलको दोस्रो मात्रा खोप ३ हजार २ सय ९६ जनाले लगाएको कोल्डचेन अधिकृत वैद्यले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *