साहित्य सृजना

गजल !

सुरेशकुमार पाण्डे

के थाहा जिन्दिको कतिबेला मडर हुन्छ,
कातिल नियम कानून बाटनै सदर हुन्छ।

पैसाको खेल भयो मानवको जिन्दगानी,
थाहा थिएन ईमानदारी पनि जहर हुन्छ।

कसैको मायाँ चाहिदैन अबस्विशले गर्दा,
कुन बेला असुल्छन कसैको केभर हुन्छ।

हो छ दुनियामै अहिले मिडियको सुबिधा,
कँहा के भयो त्यो एकछिनमै खबर हुन्छ।

प्राकृतिकले दियो हावा पनि धर्ति भरीलो,
धनकै लागि सुकाए र ता रित्तो बगर हुन्छ।

सुखको खोजि गर्दै बितायो जिवन सेते ले,
बिदेशमा पनि स्वदेशकोझैँ ठुलो सर हुन्छ।

Related Articles

Back to top button