> आर्थिक/बिकास > किसानलाई तत्काल सर्वसुलभ तरिकाले मल उपलब्ध गराउन माग


किसानलाई तत्काल सर्वसुलभ तरिकाले मल उपलब्ध गराउन माग

काठमाण्डौ, १७ भाद्र । किसानले लामो समयसम्म लाइन बसेर पर्खिदा पनि नेपाल सरकारले मल उपलब्ध गराउन नसकेको भन्दै फोर एच नेपालले सरकारको ध्यानाकर्षण गरेको छ । सरकारलाई तत्काल किसानको मलको समस्या समाधान गर्न नेपाल सरकारसँग माग समेत गरेको छ ।

फोर एच नेपालका अध्यक्ष लोकराज अवस्थीद्धारा हस्ताक्षरित वक्तव्यमा भनिएकोछ, झापा, मोरङ्ग, सप्तरी, धनुषा, बारा, पर्सा, कपिलवस्तु, दाङ, बाँके बर्दिया, कैलाली, कञ्चनपुर लगायत जिल्लामा हप्तौंदिनदेखि किसानहरु मलको लागि लाइनमा बस्दा पनि मल नपाउनुले सरकार किसानप्रति कति संबेदनशील छ भन्ने कुरा प्रस्ट हुन्छ । किसानहरुले मलको माग गर्दा पनि बेलैमा सुनुवाई नभएकोले किसान मार्कामा परेको जारी वक्तव्यमा भनिएको छ ।

गएको यही असार महिनामा पनि धान रोपाई गर्दाको बेला पनि किसानले आवश्यक प्रयाप्त मात्रमा मल पाउन सकेका थिएनन् । अहिले पनि सरकारसँग प्रयाप्त समय हुँदाहुँदै पनि कमजोर व्यवस्थापनका कारण धानबालीमा टप ट्रसिङ्ग गर्ने बेलामा पनि रसायनिक मलको अभाव देखिनुले सरकारको व्यवस्थापिकीय कमजोरी भएको वक्तव्यमा जनाइएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *