> राष्ट्रिय > दुर्घटना पर्खिरहेका अस्तव्यस्त सडकखण्ड, सम्बन्धित निकायले दिएका छैनन् ध्यान


दुर्घटना पर्खिरहेका अस्तव्यस्त सडकखण्ड, सम्बन्धित निकायले दिएका छैनन् ध्यान

झइन्द्र भण्डारी
प्यूठान, १ साउन । भालुबाङ रोल्पा सडकखण्डका धेरै ठाउँमा सडक बिग्रेकाले सडक अस्तव्यस्त छ तर पनि सम्बन्धित कुनै पनि निकायको ध्यान जान सकेको छैन र दिएका छैनन् ।

सम्पूर्ण सरोकारवाला तथा सम्बन्धित निकायले थाहा नपाएका पनि होइनन् । वर्षौ तथा महिनौँ बिते बिग्रीएका ठाउँहरूमा सडकको स्थिति झनपछी झन खस्किएको छ ।
भालुबाङ रोल्पा सडकखण्ड अन्तर्गत पर्ने बाटुलेमा पानी जमेर पोखरी नै बनेको छ । सडकको माथीबाट आउने वर्षे भेलले उचित निकास नपाउदा यस्तो समस्या आएको बर्षौ बित्यो अहिले पनि पानी जमेर पोखरी बनेको महिनौं बित्यो सवारीसाधन आवत जावत गर्न निकै कठिन छ । पानी जमेको ठाउमा खाडलहरू बनेका छन् । दुवैतर्फ भेलको लेदो बसेर पुरै चिप्लो छ ।

यहि सडकखण्ड अन्तर्गत सोढको अवस्था पनि निकै चुनौतीपूर्ण छ । बलाङतर्फ माडिखोला झर्ने मोटरबाटो शाखाले मुख्यबाटो नै साघुरो बनाएको छ । मोटरबाटोमा दोहोरो गाडी चल्न मिल्दैन । थोरै पनि गति बढी भएका सवारीसाधन उछिट्टीने सम्भावना अधिक छ । शाखा पनि दबेर गएको छ ।


भिङ्ग्री बजार र जलुके बिचको जारीखोलामा झन सडक जीर्ण छ । जलुके नल्सी जोड्ने पक्कीपुल निर्माणको क्रममा भएको सडकको दुराबस्थातिरको ध्यान कसैको छैन । सडकको पिच उम्किएर लामालामा घाँटी तथा खाडल बनेका छन् ।
सडक विभागले ठेकेदारलाई जिम्मेवारी ठान्छ, ठेकेदार कम्पनीले काम सम्पन्न भएपछि भन्छन् । पुल निर्माण कार्य सुरू भएको चार वर्ष भयो अहिले सम्म ४० प्रतिशत काम पनि भएको छैन । वर्षौदेखि सडकको अवस्था दयनीय छ । स्थानिय सरकारले सडक विभाग तर्फ जिम्मेवारी सोज्याउछ भने सानातिना काम पालिकाले पनि गर्नु पर्ने जानकारहरूको मान्यता छ । एकले अर्काको बाटो हेर्ने र जिम्मेवारी सम्झिने परम्पराले जनताहरूले दुख अनि पीडा बेहोर्नु परेको छ । यी त केहि उदाहरण मात्र हुन् ।

यो सडकखण्ड अन्तर्गत सयौं ठाउँमा यस्तो समस्या व्यापक छ तर सम्बन्धित निकाय बेखबर जस्तै छन् । यहि समस्याले धेरै दुर्घटनाहरू भइरहेका छन् । सरोकारवालाको साधन पनि दुर्घटना परेका कैयौं उदाहरण छन् तैपनि समस्याको समाधानमा ध्यानाकर्षण कसैको छैन । अझै धेरै अनि दुखलाग्दा दुर्घटना हुनसक्ने नागरिकहरूको ठम्माई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *