प्यूठान, २५ बैशाख । प्यूठान अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको शनिबार बेलुका मृत्यु भएको छ ।
अस्पतालको आइसोलेशन केन्द्रमा उपचाररत सरुमारानी गाउँपालिका- २ बांगेशालका ३८ वर्षीय पुरुषको मृत्य्ु भएको अस्पतालका सूचना अधिकारी खिम पार्धेले जानकारी दिनुभयो ।
संक्रमित व्यक्तिको हिजोदेखि आइशोलेसनमा उपचार भइरहेको थियो । पार्धेका अनुसार आज विहान देखी उहाँको स्वास्थ्य अवस्था गम्भीर बनेको थियो ।
जिल्ला बाहिर लैजाने प्रयास भएपनि आइसियु नपाएपछि जिल्लामै उपचार भइरहेको थियो ।
