> साहित्य सृजना > लघुकथा: चोर !


लघुकथा: चोर !

सुरेशकुमार पाण्डे

बजारमा आज हल्लि खल्लि थियो । प्रेमि भन्ने एकजना नेपाली थिए नी ? हो तिनलाई पुलिसले छोपेर लगेछ,भन्ने खबर आएकोछ । यदुले आफुलाई कसैले भनेको भन्दै जानकारी गराउँछन । के कारणले छोपेछ पुलिसले ? मणिले आश्चार्या प्रकट गर्दै सोध्छ । खै त्यो कुरा ता खासै थाहा भैन तर बजारमा कुनै दोकानमा चोरी भयो भन्ने कुराछ ! हो हो प्रेमीले त्यो बजारमा चौकिदारी गर्थे त्यँहा चोरी भयोअरे ! अर्काले यदुको कुरा बिचैमा काटेर भन्छ । दिउसोमा कोठिमा रातिमा चौकिदार गर्दा भुसुक्कै सुतेहोला त्यो मुर्दार भन्दै निदार खुम्चाउँछ ! त्यसले । सबै कुरा अनुमान लगाएर मात्रै हुँदैन बरु एकजना हाम्रो साथि कसरी फसेकोछ त्यसको पत्ता पो लगाउँनु पर्छ ! त्यतिकै बोलेर हुँन्छ । भन्दै मणिले त्यसको पत्ता गर्न भन्दै हिँड्छन ।

प्रेमिले बजारमा रातिको चौकिदारी गर्थे उनि एकदम ईमान्दार र सोजा र मेहेन्ती ब्याक्ति हुँन । उनि सामाजिक सदस्यपनि हुँन । दिउसोमा पनि कुनै कोठिमा काम गर्थे । यसरी दुईचार हजार कमाएर घरमा पठाउँथे । घरमा पनि उन्को श्रीमती सदै बिमारी आखिर खर्चता ज्यान त्यान पुरा गर्नै पय्रो । यँहा पनि कोठाको भाडा खाने रासन पानी आखिर अर्को काम गरेपछि दुई चार हजार भयपनि बच्ला भन्ने उदेश्यले रातिमा चौकिदारी गर्थे । दुईचार हजार बचाउँनै न सकेपछि यो सारा जिवन लाहुरमा बसेको पनि के फाईदा भयो ।

रातिमा एउटा दोकानमा चोरी भयछ र मालिकले चौकिदारको नाम मा ठानामा पुलिस कम्पैलेण्ड गरेपछि पुलिसले उन्लाई छोपेर केर कार पार्दा बिचरा डराएर केहि बोल्न सकेका रैनछन । एक्लो नेपाली चौकिदारलाई पुलिस प्रसाशनको ब्रताब पनि ता अलि सखतनै हुन्छ । मणिहरुले थाहा पाएपछि अरू धेरै साथिहरु लाई जुटाएर जुन दोकानमा चोरी भयको थियो त्यो दोकानमा जान्छन दोकानमा ताला लगाएको थियो । उनिहरुले यता उता सोध पुच्छ गर्दा त्यो दोकान दुई तिन जनाको पाटनरमा रैछ र उनिहरु बिच केहि दिन देखि कुनै बिषयलाई लिएर आपसमा खिचा तानी चलेको उनिहरु बिचको सम्बन्ध अलि बिग्रेको रैछ ।

यसरी सबै पत्ता गरेपछि जस्ले ठानामा रिपोट दिएको थियो त्यसलाई भेटाएर सोध पुछ गर्छन । पहिले ता उ अलि आना कानी गर्न थाल्छ । जब धेरैको संख्या देख्छ अलि न्रम भयर बोल्छ । मणिले पहिले आफ्नो परिचय दिन्छ ! अनि बिस्तारै सोध्छ सर के हजूरको दोकानमा चोरी भएकै हो ? हो पक्का चोरी भयरै मैले कम्पलैन्ट गरेको हुँ,उस्ले भन्छ । हजूरको दोकानमा कति पाट्नर हरु हुँनु हुन्छ ? हामि तिन जना पाट्नर हौँ ।के तपाई हरुको बिचमा केहि मन मनमुटावा चलेकोछ ? यो प्रश्नको उत्तरमा उस्ले यो हाम्रो बिचको कुराहो भनेर टाल-मटोल गर्छ । के तपाँईको दोकानको ताला तोडेर चोरी भयकोछ वा ताला खोलेर ? ताला खोलेर भयकोछ ! उस्ले भन्छ । तालाको चाबि कति जाना सँग छ त ?मणिले फेरी सोद्छ । हामि तिन जना सँग एक एक चाबी छन ! मालिकले अलि अकमक्काउँदै उत्तर दिन्छ । मणिले मालिकले दिएको सबै बयान लाई नोट गर्छ अनि ठानामा जान्छन सबै जिम्मेवार साथीहरु ।

पुलिस चौकीमा गएर ! सर हाम्रो मान्छे निर्दोश छ उस्लाई छोड्नु पय्रो ! मणिलेभन्छ । किन कसरी निर्दोशछ यो ? पुलिस अलि चर्केर भन्छ ।सर दोकानको चोरी ताला तोडेर भयको छैन बरु ताला खोलेर भयकोछ!यो गरिब चौकिदारलाई छोपनु धम्काउँनु भन्दा बरु त्यो दोकानका तिनै जना पाट्नरहरु लाई केर कार पार्नेहो भने त्यो समान उनैहरुको बिचमा फेला पर्न सक्छ । मणिको यो कुराले पुलिस प्रसाशन अलि न्रम पर्छ । उस्ले अलि गम्भिर हुँदै मणि तिर अलि बेर केहि अबलोकन गरे झैँ हेर्छ अनि नजिकैको बेञ्चमा बस्न आग्राह गर्छ ।
मणि भाई तिम्रो कुरामा अलि अलि ता दम छ तर रातिमा भएको चोरी दोकानै खोलेर लगेपनि ता चौकिदारले ध्यायन पुराउँनु पर्ने होईनर ?उस्ले भन्दै मणितिर पिर्लुक हेर्छ । सर हो ! पक्का पक्कि प्रेमिले दोकान खुलेको पनि देखेको रैछ सटर आधा भन्दा थोरै खुलेको थियो तर उन्ले कोछ भित्र भनेर सोधेनन । त्यो नसोध्नुको पनि एउटा कारण छ ! के कारण थियो ? मणिको कुरा बिचैमा काटेर सोध्छ । सर रातिको दुई बजे उनिहरुले प्रयाजसो गाडि बाट समान लिएर राख्थे र दोकान बन्द गरेर जान्थे । त्यहि प्रकारले त्यो दिनपनि रातिमा त्यहि बेला दोकान खुला थियो प्रेमिले बजारको चक्र लगाउँदा उनिहरुले ताला लगाएर गैसकेका थिए । ताला खोलेर भित्र पस्ने ता मालिकहरुनै हुनसक्छन । मणिले यति भनेपछि पुलिसहरुले मालिकहरु लाई बोलाएर सोधपुच्छ गर्न थाल्छ । प्रेमिलाई कतै बाहिर नजाने भन्दै छाड्दिन्छ ।

दुई दिनपछि मालिकहरु लाई केरकार पार्दा समान भेटिएको भनेर जानकारी प्राप्त हुँन्छ । उनै पाट्नरहरु मध्यको एकजनाले त्यो दोकानको समान चोरेको पत्ता लाग्छ । आखिर प्रवासमा एकता न भएको भए प्रेमिलाई ठुलै संकट आई लागेको थियो जस्लाई ब्यहोर्नु पर्ने थियो । यसरी भँदै नभयको गर्दै नगरेको गलतिको सजाए पनि धेरैले भोगेका हुँन सक्छन । (कथा काल्पनिक हो जस्का पात्रहरुको नाम कसैको निजि नाम र ब्यबहार सँग मेल खान गयो भने त्यो मात्र सञ्जोग हुँनेछ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *