> राष्ट्रिय > कांग्रेस नेतृत्व गिरीद्धारा प्रहरीलाई माक्स र स्यानिटाईजर


कांग्रेस नेतृत्व गिरीद्धारा प्रहरीलाई माक्स र स्यानिटाईजर

प्यूठान, ३ भाद्र। नेपाली कांग्रेसकी नेतृ निमा गिरी र स्वास्थ्यकर्मी अस्मिता बुढाथोकीले प्यूठान प्रहरीलाई माक्स र स्यानिटाईजर सहयोग गर्नुभएको छ । जिल्ला प्रहरी कार्यालय प्यूठानमा आउने सेवाग्राही र कार्यस्थलमा खट्ने प्रहरीले प्रयोग गर्ने गरी बुधवार सहयोग हस्तान्तरण गर्नुभएको हो ।

प्रहरी प्रमुख डिएसपी नरेन्द्र कुमार कार्कीलाई सहयोग उपलब्ध गराउँदै नेतृ गिरीले सहयोग प्रयाप्त नभए पनि अहोरात्र खट्ने सुरक्षाकर्मीहरुलाई सम्झना स्वरुप सानो सहयोगमा सहभागी भएको बताउनुभयो । कोरोना भाईरस संक्रमणको महामारीको यस समयमा फ्रन्टलाईनमा खट्ने सवै निकायलाई सवै क्षेत्रले सहयोग गर्नुपर्ने उहाँको धारणा थियो ।

डिएसपी कार्कीले सहयोगको लागि दुवै जनालाई धन्यवाद दिँदै मुख्य सडक क्षेत्रका खट्ने सुरक्षाकर्मीहरुका लागि अझै सुरक्षा सामाग्री अभाव भएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *