> समाज > दाङ जिल्लालाई पूर्ण रुपमा लक गर्न अनुरोध


दाङ जिल्लालाई पूर्ण रुपमा लक गर्न अनुरोध

प्यूठान, २३ बैशाख ।
कोरोना रोग नियन्त्रण गर्दै संक्रमण बाट वच्न तुलसीपुर उद्योग वाणिज्य संघले दाङ जिल्लालाई पूर्ण रुपमा लक गर्न सुझाव दिएको छ । छिमेकी जिल्ला बाँके र रुपन्देहीमा कोरोनाका संक्रमीत देखिए पछि दाङ जिल्लालाई कसरी सुरक्षित गर्न सकिन्छ भन्ने सन्दर्भमा वाणिज्य संघले आयोजना गरेको आकस्मिक बैठकले सो निर्णय गरेको हो ।

वाणिज्य संघका अध्यक्ष विर वहादुर रावतको अध्यक्षतामा वसेको बैठकले जिल्लामा भोली हुन सक्ने संभावित क्षेती र संक्रमणलाई नियन्त्रण गर्न समय मै सबै संयन्त्र परिचालन गर्न समेत स्थानिय सरकार , प्रदेश सरकार र जिल्ला प्रशासनलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

वाणिज्य संघले जिल्लामा सरकारी र निजी स्वास्थ्य संस्था र अस्पतालको अवस्था सुधार गर्न र जिल्ला मै विरामी रिफर गर्ने वातावरण तत्काल मिलाउन समेत सम्वन्धित सरोकारवालाको ध्यानाकर्षण गराएको छ । साथै बैठकले दाङ भित्रने सबै नाकाहरु सिल गरेर स्वास्थ्यकर्मी सहितको सुरक्षा हेल्पडेक्स तत्काल स्थापना गर्न समेत सुझाव दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *