> समाज > झिमकरुक नदीमा बेवारिसे शव भेटियो


झिमकरुक नदीमा बेवारिसे शव भेटियो

प्यूठान, २९ साउन । प्यूठानको झिमरुक नदीमा बेवारिसे अवस्थामा शव फेला परेको छ ।

प्यूठान नगरपालिका वडा नं. ४ सत्तरी स्थित झिमरुक खोलाको किनारमा अन्दाजी ५० वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

५ नम्वर प्रदेश प्रहरी कार्यालय दाङका अनुसार इलाका प्रहरी कार्यालय विजुवारको शवको पहिचानको लागि अनुसन्धान अघि बढाएको छ ।

प्रहरीले दिएको हुलिया अनुसार शरिरमा दुवी भएको, आधा कपाल फुलेको, मंगोलियन जस्तो देखिने, अन्दाजी ५ फिट ३ इन्चको रहेको छ । शव आज दिउँसो भेटिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *