प्यूठान, ११ असार । प्यूठानमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहिमा गरिएको परिक्षणमा प्यूठान ऐरावति गाउँपालिकाका २ महिला र ५ पुरुष गरि ७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । संक्रमितको उमेर १८ देखि ५० वर्षसम्मको रहेको छन् ।
यससँगै प्यूठानमा कोरोना संक्रमितको संख्या १९१ पुगेको छ जसमध्ये २ जना निको भएर घर फर्किसकेका छन् ।
