प्यूठान, साउन २५ गते । साउन २१ गते बाग्दुला बजारमा एक स्थानीय युवतीमा कोरोना संक्रमण देखिएपछि साउन २५(आज) सम्मका लागि बाग्दुला बजार सहित ७ र ८ वडाका विभिन्न क्षेत्र शिल ग¥यो ।

बजार शिल गरेको भोलिपल्ट स्थानीय १२१ जनाको कोरोना परीक्षणका लागि स्वाव संकलन गरेकोमा सवै जनाको रिर्पोट नेगेटिभ देखिएपछि भोलिबाट बजार खोल्ने निर्णय गरेको छ ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परिक्षणमा सवै १२१ जनाको रिर्पोट नेगेटिभ आएको प्यूठान नगरपालिकाका प्रमुख अर्जुन कुमार कक्षपतिले बताउनुभयो । आज बसेको नगर स्तरीय सीसीएमसी को बैठकले शिल गरिएको क्षेत्रलाई साउन २६ गते(भोलि) विहान देखि खुला गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।
यसैबीच, त्यसबाहेक थप ४८ जनाको रिर्पोट नेगेटिभ आएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । जिल्लाका विभिन्न स्थानबाट संकलन गरिएको स्वावको रिर्पोट नेगेटिभ आएको कार्यालयले जनाएको छ । साथै कोरोनाको जोखिम कायमै रहेकाले भौतिक दुरी, अनिवार्य मास्कको प्रयोग, स्यानिटाइजरको प्रयोग गर्न स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।

