> समाज > प्यूठानमा मानाईयो सामुदायिक वन दिवस


प्यूठानमा मानाईयो सामुदायिक वन दिवस

प्यूठान, २५ साउन । सामुदायिक वनको पाले सम्पुर्ण स्थानिय बासिन्दा रहेको जिल्ला समन्वय समितिको उपप्रमुख पदम थापाले बताउनु भएको छ । समुदाय नै वनको संरक्षणमा सक्रिय रुपमा खटिनु पर्ने र खटिई रहेको समेत उहाँको भनाई रहेको छ ।

सामुदायिक वन दिवश २०७७ को अवसरमा उहाँले यस्तो बताउनु भएको हो । त्यस्तै कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति प्यूठानका प्रमुख केशवराज आचार्यले सामुदायिक वनलाई जिविकोपार्जन तथा रोजगारसँग जोड्नुपर्ने बताउनु भएको छ ।

डिभिजन वन कार्यालय प्यूठानको आयोजनामा भएको कार्यक्रममा उत्कृष्ट सामुदायिक वन तथा कबुलियत वनलाई पुरस्कार बितरण समेत गरिएको थियो । जिल्ला भरको ४ सय ४४ सामुदायिक वनमध्ये जस्पुर सामुदायिक वन प्रथम, द्वितियमा धर्मावति सामुदायिक र बाँदिकोट सामुदायिक वन तृतिय भएका छन् ।


त्यस्तै २०० कबुलियत वन मध्ये प्रथम स्थान कुर्सुली डाडाँ कबुलियत वन, द्वितिय स्थानमा हिमचुली कबुलियत वन र तृतीय रानीवन कबुलियत वन रहेका छन् । सामुदायिक वन तथा कबुलियत वनले गरेको कामको आधारमा पुरस्कार बितरण गरिएको बन डिभिजन कार्यालय प्यूठानका प्रमुख राजु क्षेत्रीले जानकारी दिनु भएको छ ।

वन डिभिजन कार्यालय प्यूठान तथा कबुलियत वनमा आवद्ध ९ जना कर्मचारीलाई समेत पुरस्कृत गरिएका छ । कार्यक्रमको सहजीकरण हरी पौडेलले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *