प्यूठान, २६ साउन । प्यूठानमा थप १५ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । आज आएको पिसीआर नतिजा अनुसार जिल्लामा १५ जनालाई कोरोना संक्रमण देखिएको हो ।
संक्रमण देखिएकाहरुमा नेपाली सेना र प्रहरी हिरासतमा रहेका थुनुवा भएको आशंका गरिएको छ । इन्द्रध्वज गणको पुण्यखोला स्थित ब्यारेकमा रहेका १४ जना नेपाली सेना र प्रहरीको हिरासतमा रहेका एक जना थुनुवामा संक्रमण भएको स्रोतले जनाएको छ । यस सम्वन्धी थप विवरण आउन सकेको छैन ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पन्थले विस्तृत जानकारी प्राप्त नभएको बताउनुभयो । त्यसैगरी इन्द्रध्वज गणले समेत आधिकारीक जानकारी उपलब्ध गराएको छैन । नयाँ संक्रमितबारे जिल्ला स्वास्थ्य कार्यालय प्यूठानले पनि आधिकारीक जानकारी गराएको छैन ।
