> समाज > मसलीको परिवारलाई आर्थिक सहयोग


मसलीको परिवारलाई आर्थिक सहयोग

प्यूठान, १६ साउन । मल्लरानी गाउँपालिका वडा नं. १ सानिलेक निवासी मसली वि.क.को परिवारलाई नेपाल निजामती कर्मचारी संगठनले आर्थिक साहेता उपलब्ध गराएको छ । शहिद मनोज–झपेन्द्र स्मृति दिवसको अवसर पारेर विहिवार एक कार्यक्रमका वीच संगठनले नगद ५ हजार रुपैंया उपलब्ध गराएको हो ।

‘एचआईभि संक्रमित मसलीलाई चुहिने घर र छोराछोरीको पढाईको चिन्ता’ https://pyuthansamachar.com/3276/ सम्वन्धी प्यूठान समाचार डट कममा समाचार प्रकाशन भएपछि उहाँलाई सहयोग गर्ने निर्णय गरेको संगठनका अध्यक्ष टुकबहादुर रोकाले बताउनुभयो । ‘यो प्रयाप्त रकम त होइन ।’ ,उहाँले भन्नुभयो, ‘मानविय सहयोगको शुरुवात हो ।’ यस्ता सहयोगका लागि संगठनले कोष निर्माण गर्ने योजना पनि उहाँले सुनाउनुभयो ।

शहिदहरुको सम्झनामा आयोजित कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका उपप्रमुख पदम थापाले समेत वि.क.लाई ५ हजार रुपैंया सहयोग उपलब्ध गराउनुभएको छ । दुई छोराछोरीको पढाईमा सहयोग पुगोस् भन्दै उहाँले सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।

शहिदहरुको सम्झनामा संगठनले प्रत्येक वर्ष विभिन्न रचनात्मक गतिविधि गर्दै आएको छ । प्यूठानको भिंगृमा स्वर्गद्धारी प्रवेश द्धार निर्माण र खलंगा बसपार्कको प्रतिक्षालय संगठनको पहलमा भएको रचनात्मक कार्यको नमुना भएको दिनेश के.सी.ले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *