प्यूठान-नेपालमा थप ९ जनामा कोरोना संक्रमण भेटिएको छ ।
विहिवार झापामा ८ सहित थप ९ जनामा कोरोना संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो । मन्त्रालयका अनुसार संक्रमितमध्ये ८ जना झापाका र १ जना रुपन्देहीका रहेका छन् ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५३ पुगेको छ । जसमध्ये ४९ जना कोरोना मुक्त भएर घर फर्किसकेका छन् भने ३ जनाको मृत्यु भएको छ ।
विहिवार विहान मात्रै १७ जनामा कोरोना संक्रमण भेटिएको थियो ।
