> समाज > अभिकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न


अभिकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

प्यूठान, १३ फाल्गुन । सानिमा लाईफ इन्स्योरेन्स कम्पनीले प्यूठानमा अभिकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले प्यूठानको जुम्रिमा विहिवार एक दिने अभिकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो ।

कम्पनीले झन्डै ३० जना अभिकर्ताहरुको माझमा सो कार्यक्रम सम्पन्न गरेको हो । उक्त कार्यक्रममा संचालक तथा प्यूठान ब्रान्च मेनेजर दिपक आचार्यले कम्पनीको विभिन्न किसिमका पोलिसी र अभिकर्ताले पाउने सेवा सुबिधाका बारेमा बताउनुभयो । साथै उहाँले जिवन बीमा, जिवन बीमाले समाजलाई दिने योगदान र बर्तमान परिपेक्षमा बीमाको आवश्यकताको बारेमा चर्चा गर्नुभएको हो ।

 

कार्यक्रममा सानिमा लाईफ इन्स्योरेन्स कम्पनी क्षेत्रिय प्रवन्धक जयदेव गौतम मुख्य प्रशिक्षण रहेको थियो । अभिकर्तालाई प्रशिक्षण गराउदै क्षेत्रिय प्रवन्धक गौतमले प्यूठानमा सानिमा लाईफ इन्स्योरेन्स कम्पनिलाई सामाजिक सुरक्षाको दायराभित्र राख्न आग्रह गर्नुभयो । बीमा बजारमा छिर्नु अघि आफू कार्य गर्ने बीमा कम्पनी तथा विमा योजनाका बारेमा राम्ररी अध्ययन गरेर मात्र जान सुझाबसमेत दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *