> राष्ट्रिय > प्युठानमा चितुवाको छाला सहित ३ जना पक्राउ


प्युठानमा चितुवाको छाला सहित ३ जना पक्राउ

प्युठान, २१ साउन । चितुवाको छाला सहित ३ जना पक्राउ परेका छन । बुधबार राती करिब ११ बजे प्युठान नगरपालिका ८ बाग्दुलाबाट प्रहरीले ३ जनालाई पक्राउ गरेको हो ।

 

फोटो स्रोत :प्रहरी

पक्राउ पर्नेमा झिम्रुक गाउँपालिका वडा नम्बर १ बस्ने वर्ष २९ को अविनास पुन, सरूमारानी गाउपालिका वडा नम्बर १ बाङ्गेसाल बस्ने वर्ष ३२को छबिलाल परियार र दाङ राजपुर गाउपालिका वडा नम्बर १ बस्ने वर्ष २८ को ईन्द्र बहादुर खड्का रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

फोटो स्रोत प्रहरी

बाग्दुलाको सृजना होटलमा चितुवाको छालाको कारोबार भैरहेको छ भन्ने गोप्य सूचनाको आधारमा लुम्बिनी प्रदेश अनुसन्धान समुहको टोली र ईलाका प्रहरी कार्यालय बिजुवार प्यूठानको संयुक्त प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार अविनास पुनले लिई राखेको कालो रंगको पछाडी बोक्ने झोला भित्र निलो रंगको पानी वर्षादीले बेरिएर राखिएको अवस्थामा पुच्छर सहितको लम्बाई ६ फिट ६ ईन्च, चौडाई २ फिट २ ईन्च भएको कालो, सेतो, खैरो छाप भएको चितुवा बाघको जस्तो देखिने अबैध छाला रहेको छ ।

फोटो स्रोत प्रहरी

प्रहरीले पक्राउ परेका ब्याक्ती तथा बरामद दशीका सामान सहित थप कारवाही तथा अनुसन्धानको लागि डिभिजन वन कार्यालय प्यूठानमा पठाएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *