> समाज > नौबहिनीमा पोषण अवस्थामा सुधार ल्याउने प्रतिवद्धता


नौबहिनीमा पोषण अवस्थामा सुधार ल्याउने प्रतिवद्धता

प्यूठान । एकीकृत पोषण तथा स्वास्थ्य कार्यक्रमको दिगोपना सुनिश्चितताका लागि नौबहिनी गाउँपालिकामा दुई दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

 

नौबहिनी गाउँपालिकाको आयोजना तथा सुआहारा दोस्रो चरण कार्यक्रमको सहजीकरणमा गोष्ठी सम्पन्न भएको हो । कार्यक्रममा एकीकृत पोषण तथा स्वास्थ्यसँग सम्वन्धित विभिन्न सूचकहरुको सुधारका लागि प्रतिवद्धता पत्र तयार गरिएको छ ।

 

कार्यक्रमको समापन समारोहमा गाउँपालिकाका उपाध्यक्ष घन बहादुर बुढाले पालिका भित्र स्वास्थ्य तथा पोषणको अवस्था सुधारका लागि पालिकाले महत्व दिएर काम अगाडी बढाउने बताउनुभयो ।

 

प्रतिवद्धतामा उल्लेखित विषयवस्तु र जिम्मेवारीलाई कार्यान्वयनमा अघि बढाउन सम्वन्धित सवै पक्षको भूमिका महत्वपूणर् हुने उल्लेख गर्नुभयो ।

गाेष्ठीका सहभागी । तस्विर : प्रज्वल पहाडी

सुआहारा कार्यक्रमका कार्यक्रम संयोजक भरत भट्टले बालबालिकाको वृद्धि विकासका लागि पोषणको ज्यादै महत्व हुने भएकाले यसतर्फ सवैले ध्यान दिनुपर्ने बताउनुभयो । गर्भावस्थादेखि नै बच्चाको वृद्धि विकासमा पोषणले सहयोग पुर्‍याउने भएकाले सवै पक्षले यसलाई महत्वका साथ लिनुपर्ने बताउनुभयो ।

 

कार्यक्रममा सहभागी फोप्ली स्वास्थ्य चौकी प्रमुख प्रकाश घिमिरेले स-साना कुराहरुलाई सुधार गर्न सकेमा पनि पोषण अवस्थामा सुधार आउने बताउनुभयो । गोष्ठीमा स्वास्थ्य तथा पोषणको अवस्था तथा सूचकको बारेमा छलफल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *