प्यूठान । झिमरुक गाउँपालिकाको वडा नं. ६ मर्कावाङ–चिचिन्डे–कुभिन्डे सडकको चिचिन्डे–कुभिन्डे खण्ड दिनभर बन्द हुने भएकोछ । सडक स्तरोन्नतीको काम भैरहेकाले विहान ८ बजेदेखि बेलुका ७ बजेसम्म सडक बन्द हुने भएको हो ।
आजदेखि फागुन ३० गतेसम्म सडक बन्द हुने वडा अध्यक्ष धनबहादुर पुनले जानकारी दिनुभयो । सडक चौडा गर्ने, मोड सुधार गर्ने, जाली लगाउने कामको लागि सडक बन्द गर्नुपर्ने भएको उहाँले बताउनुभयो ।
यस क्षेत्रमा नियमित सार्वजनिक यातायात नचल्ने भएकाले सवारी आवागमनमा खास असर नगर्ने वडा अध्यक्ष पुनले बताउनुभयो । यस क्षेत्रका स्थानीयलाई भने यसले असर पु¥याउँछ ।
निर्माण कार्य भैरहेको क्षेत्रमा बस्तुभाउ, घाँसदाउरा वा अन्य कार्यको लागि आसपासमा नजान र सडक प्रयोग गर्न वडा कार्यलयले सार्वजनिक सूचना मार्फत अनुरोध समेत गरेकोछ ।
