प्यूठान, २५ साउन । प्यूठान नगरपालिका–३ स्थित बतासे डाँडामा सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म प्यूठानको ब्यारेक बनेको छ । नव निर्मित व्यारेकको आज आईतवार सशस्त्र प्रहरी बल ५ नम्वर प्रदेश विन्ध्यबासिनी बाहिनीका बाहिनीपति प्रहरी नायव महानिरीक्षक किशोर प्रधानले उद्घाटन गर्नुभएको छ ।
जिल्लाका स्थानीय तह तथा नीजि क्षेत्रको झण्डै २० लाख रुपियाँ लगानीमा भौतिक संरचना निर्माण गरिएको गुल्मपति चेतनाथ जोशीले जानकारी दिनुभयो । कम्पाउण्ड सहित गुल्मपति निवास सहित विभिन्न भौतिक संरचना निर्माण भएको उहाँले जानकारी दिनुभयो । गुल्मलाई ३ हजार ५ सय ६० वर्गमिटर जग्गा प्यूठान नगरपालिकाले उपलब्ध गराएको हो । उक्त जग्गा यसअघि स्थानीयले नगरपालिकालाई निःशुल्क रुपमा दिएका थिए ।
प्यूठान नगरपालिका–४ गाँजुरिमा अस्थाई व्यारेकबाट प्रहरीले सुरक्षा दिदै आएको थियो ।“साघुँरो र सुरक्षा रणनीतिका कारणले समेत पुरानो स्थान असुरक्षित रहेको थियो” गुल्म पती जोसीले भने, “स्थानीयको सहयोग र साहायताले उचित ठाउँमा व्यारेक निर्माण भएको छ ।”
देशको कान्छो सुरक्षा निकायको औचित्य पुष्टि गर्दैछ ः प्रहरी नायव महानिरीक्षक
प्रहरी नायव महानिरीक्षक प्रधानले देशको कान्छो सुरक्षा निकायको रुपमा रहेको सशस्त्र प्रहरीले देश र समाजको शान्ति सुरक्षाका लागि महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताउनुभएको छ । कान्छो संगठनको रुपमा स्थापना भएपनि समाज र देशको लागि औचित्य पुष्टी गर्दै आएको उहाँको भनाई छ ।
कोरोना महामारि विरुद्ध सरकारको मापदण्ड अनुसार प्रदेश क्षेत्रमा सक्रियताका साथ सशस्त्र प्रहरी बल लागेको समेत उहाँले बताउनुभयो । देशकै कान्छो सुरक्षा संयन्त्र भएपनि समाज र देशको सुरक्षाका लागि सशस्त्र प्रहरी बल उत्कृष्ट वन्दै आएको उहाँको दावि थियो ।
ब्यारेक उद्घाटन कार्यक्रममा बोल्दै उहाँले आवश्यक शान्ती सुरक्षा कायय गर्न सुरक्षा बललाई निर्देशन दिदै प्रहरि महानायव निरीक्षक किशोर प्रधानले भौतिक संरचनाले दैनिक कार्यसम्पादनमा सहयोग पुग्ने बताउनुभयो । “भौतिक संरचनाले कार्यसम्पादनमा ठूलो भूमिका खेल्छ” महानिरीक्षक प्रधानले भने “जिल्लाको शान्ति सुरक्षामा नयाँ संरचनाले प्रहरीको कार्यकुशलतालाई थप सहयोग पु¥याउने छ ।”
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पन्थले जिल्लाको शान्ति सुरक्षा र विपद व्यवस्थापनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रदेश सरकारको सहयोगमा ब्यारेक भित्र हेलिप्याड निर्माण गरिएको समेत जानकारी गराउनुभयो । कार्यक्रममा स्थानीय जग्गा दाता तथा सहयोगी निकायलाई सम्मान गरिएको थियो ।