महेश थापा
बाहाने, १९ असार । बाग्दुला–बाहाने–स्याउलिवाङ सडक खण्डको लाखचौरको निर्माणधिन पक्की पुल क्षति हुनबाट बचेको छ ।
लाखाचौर स्थित लुङ खोलामा निर्माणधिन पुल टोचन बाधेका कारण क्षति हुनबाट बचेको निर्माण पक्षले जनाएको छ ।
तर वर्षात्पछिको बाढीले निर्माण सामाग्री बगाएको छ । अस्ति बुधबार मात्र टोचन बाधिएकाले पुलमा क्षति हुनबाट बचेको निर्माण कम्पनीले जनाएको छ । निर्माणधिन पुलका लागि प्रयोगमा रहेका विभिन्न सामाग्री खोलाले बगाएको कम्पनीले जनाएको छ ।
पुल निर्माणले खवाङ, लिघा र स्याउलिवाङका स्थानीय लाभान्वित हुनेछन् । त्यसको साथै लिवाङ र पुजाँका केहि भागका स्थानीयलाई समेत सहज बनाउँछ ।
