प्युठान । देशभरमा प्युठानका दुई पालिका शुन्य बेरुजु हुने गाउँ पालिका बनेका छन ।
महालेखा परीक्षकको आज प्रकाशित ६० औं प्रतिबेदन अनुसार प्युठानका दुई पालिकाले निरन्तर बेरुजु शुन्य बनाएका हुन ।
मल्लारानी गाउँपालिका र सरुमारानी गाउँपालिकाको आर्थिक वर्ष २०७८/०७९ को बेरुजु शुन्य भएको हो । दुबै पालिकाको आर्थिक वर्ष २०७७/०७८ मा पनि बेरुजु शुन्य भएको थियो ।
मल्लरानीमा यसाघि बालकृष्ण थापा प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्थ्यो भने अहिले महेस के.सी प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ ।
त्यसैगरी सरुमारानीमा यसअघि चिन्तामणी रेग्मी प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्थ्यो भने अहिले देविराम पाठक प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ ।