> समाज > प्यूठानको १२ वटै स्वाब टेस्ट नेगेटिभ


प्यूठानको १२ वटै स्वाब टेस्ट नेगेटिभ

कमल बि.क.
प्यूठान, ५ वैशाख ।
प्यूठान नगरपालिकाका ४० वर्षिय युवकको कोरोना भाइरस परिक्षण स्वाप टेस्ट नेगेटिभ भएको छ । वडा नम्बर ७ मा अबस्थित कभड हल क्वारेन्टाईन स्थलमा रहेका उहाँ कतारबाट यस अघिका सन्क्रमित सङ्गैको फ्लाईटमा आउनु भएको थियो ।

देश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा श्वाव परिक्षणका लागी पठाईएकोमा नेगेटिभ नतिजा आएको हो ।

यससँगै जिल्लाबाट पठाईएका १२ जनाकै श्वाब परिक्षण नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!