> समाज > नेपाल सुनचादी व्यवसायी संघको नयाँ कार्यसमिति चयन


नेपाल सुनचादी व्यवसायी संघको नयाँ कार्यसमिति चयन

प्यूठान । नेपाल सुनचादी व्यवसायी संघ प्यूठानको अध्यक्षमा रामचन्द्र विक चयन हुनुभएको छ । आठौं साधारणसभा तथा तेस्रो अधिवेशनबाट रामचन्द्र विकको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।

समितिको वरिष्ठ उपाध्यक्ष दिपक कुमार विश्वकर्मा, प्रथम उपाध्यक्ष विरु पन्थी, द्धित्तिय उपाध्यक्ष पदम बहादुर विक, महासचिव अनिल विक, उपमहासचिव एकराज विक, कोषाध्यष भिम बहादुर सुनार, सह कोषाध्यक्ष दिपक सुनार र सदस्य मोहन बहादुर सुनार, दिपक सुनार, तेज बहादुर विक, चुणामणी सुनार, नितु पन्थी, राम बहादुर सुनार र लाल बहादुर सुनार चयन हुनुभएको छ ।

 

नेपाल सुनचादी व्यवसायी महासंघका केन्द्रीय सदस्य लोक बहादुर स्वणर्कारको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पत्रकार लोकेन्द्र सुनार, कानुनी सल्लाहकार महेन्द्र प्रसाद न्यौपाने, संस्थापक इमानसिंह गहतराज, उपमहासचिव एकराज विक र जेष्ठ सदस्य लक्ष्मण पन्थीलाई सम्मान गरिएको थियो ।

विजुवार जुम्रीमा भएको कार्यक्रमको सञ्चालन पत्रकार कमल विकले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *