प्यूठान समाचार सम्वाददाता
प्यूठान, २० माघ ।
पूर्व गृह सहायकमन्त्री टंक बहादुर विष्टको १३ औं दिनको पुण्यतिथीको अवसरमा विष्ट निवास शिव मन्दिरमा श्रदाञ्जली सभा सम्पन्न भएको छ । प्यूठान नगरपालिकाले आयोजना गरेको सभामा प्रदेशसभा सदस्य हरिप्रसाद रिजाल, संविधानसभा सदस्य हिरा बहादुर केसी, जिल्ला समन्वय समिति प्यूठानका उपप्रमुख पदम थापा लगायतले विष्टको योगदानको बारेमा चर्चा गरेका थिए ।
वि.सं. १९८० साउन २९ गते प्यूठान नगरपालिका–३ दाखाक्वाडीमा प्जन्मनुभएका विष्टको गत माघ ८ गते निधन भएको हो ।
हेर्नुस तस्विरहरु
