प्यूठान । योङ कम्युनिष्ट लिग (वाइसीएल) प्यूठानले संचालन गरेको श्रम तथा उत्पादन अभियान अन्तर्गत दम्ती-बाहाने सडक मर्मत गरेको छ ।
२ महिने अभियान अन्तर्गत यहाँको सडकमा खाडल पुर्ने, बाटोमा जमेको पानी काट्ने, बाटो छेउछाउका घाँस काट्ने काम सम्पन्न गरेको वाइसीएल प्यूठानले जनाएको छ ।
युवालाई श्रम सीप र उत्पादनमा जोड्ने मुख्य उद्देश्यका साथ साउन २८ गते झिमरुक गाउँपालिका-२ को सर्बोदय माध्यमिक विद्यालयबाट अभियानको थालनी गरिएको हो ।
