> समाज > दुई बृद्धबृद्धाको बिभत्स हत्या ः घटनाको अनुसन्धान गर्दै प्रहरी


दुई बृद्धबृद्धाको बिभत्स हत्या ः घटनाको अनुसन्धान गर्दै प्रहरी

सुर्य तामाङ
खोटाङ, २० भाद्र । खोटाङमा दुई बृद्धबृद्धाको बिभत्स हत्या भएको छ ।

जिल्लाको दक्षिणी क्षेत्र जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालय सेलेवामा अन्दाजी ७८ वर्षीय वृद्ध दाजु र ६२ वर्षका वृद्धा बहिनीको विभत्स हत्या भएको अवश्थामा फेला परेका छन ।

धारिलो हतियार प्रयोग गरी उनीहरुको हत्या गरिएको अवश्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नारायणप्रसाद चिमोरियाले जानकारी दिनुभयो ।

जंगल नजिकै एकान्त ठाँउमा घर भएका वृद्धवृद्धा हत्या भएको खबर आए लगत्तै खोटाङका डिएसपी नारायणप्रसाद चिमोरियाको टोली घटनास्थल पुगेर अनुशन्धान थालेको छ । घट्ना प्रकृति हेर्दा तीन चारदिन अगाडि नै बृद्धबृद्धाको हत्या भएकोे अनुमान गरिएको घट्नास्थल पुगेका डिएसपी चिमोरियाले बताउनुभयो ।

खोटाङ र भोजपुरको सिमानामा पर्ने घट्नास्थलमा शुक्रबारै स्थानिय प्रहरी पुगेका थिए । जिल्लाबाट शनिबार पुगेको प्रहरी टोलीले अनुसन्धान गरिहेको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।

घटनास्थलबाट फोन सम्पर्क हुन नसक्दा घट्नाको विस्तृत जानकारी प्राप्त गर्न कठिन भइरहेको छ । हत्या गरिएका बृद्धबृद्धाको नाम भने प्रहरीले खुलाएको छैन । डिएसपी चिमोरियाका अनुशार आफन्तलाई बोलाईएर अनुशन्धान भईरहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *