राष्ट्रियसमाज

नमुना विकासका लागि छनोट गरिएको १०० विद्यालयको सुचीमा प्यूठानका २ विद्यालय समावेश

प्यूठान, १ श्रावण । सरकारले नमुनाको रुपमा विकास गर्न देशभरबाट १०० वटा विद्यालय छनोट गरेको छ।

शिक्षा मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्र अन्तर्गतको विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले नमुनाको रुपमा विकास गर्न देशभरका सय वटा विद्यालय छनोट गरेको हो ।

छनोट गरेको सुचिमा प्यूठानका २ विद्यालय पर्न सफल भएका छन् । जसमा माण्डबी गाउँपालिका ३ मा अवस्थित माण्डवी माध्यमिक विद्यालय र स्वर्गद्वारी नगरपालिकामा अवस्थित अमर माध्यमिक विद्यालय रहेका छन् ।

नमुना विकासका लागि छनोट नभएका विद्यालय छनोट गरिएको केन्द्रले जनाएको छ। विद्यालय क्षेत्र विकास योजना अनुसार सबै स्थानीय तहमा क्रमशः नमुना विद्यालय विकास गर्ने लक्ष्य रहेको केन्द्रले बताएको छ।

Related Articles

Back to top button