प्यूठान, २६ साउन । गृह मन्त्रालयले प्यूठान सहित ७ जिल्लामा प्रमुख जिल्ला अधिकारी(सिडियो) परिवर्तन गरेको छ ।
गृह मन्त्रालयले सरुवा तथा पदस्थापनबाट ७ जिल्लामा सिडियो फेरबदल गरेको हो ।
प्यूठानमा नयाँ प्रमुख जिल्ला अधिकारी अधिकारीको रुपमा खिमराज भुसाल आउँदै हुनुहुन्छ । साउन २५ गतेको मन्त्रिस्तरीय बैठकले जिल्ला प्रशासन कार्यालय ललितपुरका सिडियो भुसाललाई प्यूठानमा पठाएको हो । प्यूठानमा कृष्णप्रसाद पन्थ प्रमुख जिल्ला अधिकारीको रुपमा रहनुभएको थियो ।
