> समाज > माण्डवीमा स्वास्थ्य र पोषणको दिगो योजना बन्दै


माण्डवीमा स्वास्थ्य र पोषणको दिगो योजना बन्दै

प्यूठान, २९ फागुन ।
माण्डवी गाउँपालिकामा एकीकृत स्वास्थ्य तथा पोषण कार्यक्रमको दिगोपना सुनिश्चितताका लागि पालिका स्तरीय कार्यशाला गोष्ठी देविस्थानमा विहीबार शुरु भएको छ । माण्डवी गाउँपालिकाको आयोजनामा सञ्चालित गोष्ठीमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी र विषयगत कार्यालयका प्रतिनिधिको सहभागिता रहेको छ ।
गोष्ठी उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मुगा पुनले पोषणयुक्त पालिका बनाउन स्वास्थ्यकर्मीसँगै जनप्रतिनिधि र स्थानीयवासी सचेत हुनुपर्ने बताउनुभयो । उहाँले जनप्रतिनिधि, स्वास्थ्यकर्मीले अवका दिनमा बालबालिकाको स्वास्थ्य र पोषणमा ध्यान दिनुपर्ने बताउनुभयो । बालबालिका लक्षित कार्यक्रम सञ्चालनमा प्राथमिकता दिएर पालिका एवं सरोकारवाला लाग्नुपर्ने उहाँको भनाई छ ।

sdr

प्रमुख प्रशासकीय अधिकृत शिसिर रिजालले गाउँपालिकामा बालबालिकाको कुपोषणको अवस्था भयावह नभएपनि यसतर्फ सचेत बन्नुपर्ने बताउनुभयो । उहाँले पालिकाभित्रका शाखाहरुबीच समन्वयात्मक रुपमा कार्यक्रम अघि बढाउन आवश्यक रहेको उहाँको भनाई छ । गाउँपालिकामा नीति कार्यक्रम तथा बजेटमा जनप्रतिनिधिले ध्यान दिनुपर्नेमा उहाँको जोड छ ।
कार्यक्रममा सुआहारा जिल्ला संयोजक भरत भट्टले पोषणको महत्वको बारेमा जानकारी गराउनुभएको थियो । उहाँले पोषणसँग सम्वन्धित कानुनी व्यवस्था, नितीगत व्यवस्था, व्यहार, चुनौती र अवसरका बारेमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रमको सञ्चालन सुआहाराको जिल्ला साझेदार संस्था मल्लरानी ग्रामीण विकास सरोकार केन्द्रका फिल्ड संयोजक नारायणलाल श्रेष्ठले गर्नुभएको थियो । शुक्रबार सम्पन्न हुने गोष्ठीले पोषणको नयाँ कार्ययोजना तय गर्दै प्रतिवद्धता जनाउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!