> समाज > क्वारेन्टाइनमा रहेकालाई योग प्रशिक्षण


क्वारेन्टाइनमा रहेकालाई योग प्रशिक्षण

प्यूठान, ३१ जेठ । प्यूठान आर्युेद स्वास्थ्य केन्द्रले क्वारेन्टाइनमा रहेकालाई योग अभ्यास सञ्चालन गरेको छ ।

मल्लरानी गाउँपालिकाको खलंगा स्थित प्यूठान क्याम्पसमा क्वारेन्टाइनमा रहेका २१ जनालाई योग अभ्यास सञ्चालन गरेको हो । क्वारेन्टाइनमा रहेका आरडिटी पोजेटिभ, जेष्ठ नागरिक, सुत्केरी, गर्भवती र दीर्घरोगीलाई औषधी वितरण गरिएको छ ।

योग अभ्यासलाई निरन्ता दिईने समेत आयोजकले जनाएको छ । प्यूठान आयुर्वेद स्वास्थ्य केन्द्र र गाउँपालिकाको समन्वयमा क्वारेन्टाइनमा रहेकालाई गुडुची चिया, अशोकगन्धा, चुर्णा र च्यावनप्रास वितरण गरिएको छ भने मनोसामाजिक परामर्शदाताबाट तनाव व्यवस्थापन कक्षा समेत सञ्चालन गरिएको छ ।

आयुर्वेदले माण्डवी गाउँपालिकाको आइुसुलेशनमा ८ जनालाई रोग प्रतिरोधाक औषधी विरतण गरिएको छ । साथै अन्य स्थानीय तहसँग समन्वय गरी कार्यक्रमलाई निरन्तरता दिईने समेत आयुर्वेद स्वास्थ्य केन्द्रका कविराज टुक बहादुर रोकाले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *