सुजल श्रेष्ठ
सौराहा । राधा पौडेल फाउन्डेशनले पत्रकारलाई चितवनमा मर्यादित महिनावारी सम्बन्धि अभिमुखिकरण तालिम सम्पन्न गरेको छ ।
राधा पौडेल फाउन्डेशन र ग्लोबल साउथ कोलिजन फर डिग्नीफाईड मेन्सुरेशन संजालको आयोजना तथा सेती फाउन्डेसनको सहयोगमा सातै प्रदेशबाट प्रतिनिधित्व गर्ने १४ जना पत्रकारलाई अभिमुखिकरण गरिएको हो ।
राधा पौडेल फाउन्डेशनको अगुवाईमा ग्लोबल साउथ कोलिजन फर डिग्नीफाईड मेन्सुरेशन संजालले अन्तराष्ट्रिय स्तरमा ६५ वटा देशहरुसँग मिलेर काम गरिरहेको छ । यस संजालले २०१९ डिसेम्बर ८ बाट अन्तराष्ट्रिय मर्यादित महिनावारी दिवस मनाउदै आईरहेको छ ।
यसैगरी उक्त अवसरमा मर्यादित महिनावारी पत्रकार समुह नेपालको तदर्थ समिति गठन भएको छ । पत्रकार प्रतिमा सिलवालको संयोजकत्वमा समिति गठन भएको हो ।
