> राष्ट्रिय > ऐरावतीका १३ जनाले कोरोना जितेर घर फर्किए


ऐरावतीका १३ जनाले कोरोना जितेर घर फर्किए

प्यूठान, २० असार । ऐरावती गाउँपालिकाका १३ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

उनिहरुलाइ पिसिआर पोजेटिभ देखिएपछि स्थानिय आइसोलेसन राखिएको थियो । पुन परिक्षण गर्दा पिसिआर रिपोर्ट नेगेटिभ आएपछि उनिहरुलाई आज फुल, मालासहित घरमा पठाइएको गाउँपालिका अध्यक्ष नविल विक्रम शाहले जानकारी दिनुभयो । यस्तै ६ जना आरडिटी पोजेटिभ आएका व्यक्ति पिसिआर नेगेटिभ आएपछी उनीहरुलाई समेत घरमा पठाईएको छ ।

अव गाउँपालिकामा २१ जना संक्रमित आइसोलेसनमा रहेका र उनिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको पालिका स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *